बारामा रास्वपाका सबै सांगठनिक कार्यक्रम स्थगित

डिसी नेपाल
३ जेठ २०८३ १७:२५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्लाका सम्पूर्ण सांगठनिक कार्यक्रमहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। जिल्ला कमिटी नै विघटन भएपछि पार्टीले जिल्लाभरका सांगठनिक गतिविधिहरू रोक्ने निर्णय लिएको हो।

रास्वपाले आन्तरिक संरचनामा देखिएको समस्याका कारण यसअघि गत वैशाख २७ गते बारा जिल्ला कमिटी विघटन गरेको थियो। जिल्ला कमिटी विघटन पश्चात् सिर्जना भएको सांगठनिक अन्योलता, समस्या समाधान र थप समन्वयका लागि आगामी शनिबार विस्तारित बैठक समेत बोलाइएको छ।

रास्वपा बारा जिल्ला संगठन निर्माण समितिकी संयोजक कामिनी चौधरीले एक विज्ञप्ति जारी गर्दै वडा, पालिका तथा निर्वाचन क्षेत्र स्तरीय सम्पूर्ण सांगठनिक कार्यक्रमहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिइन्।

आगामी विस्तारित बैठकबाट आन्तरिक विवाद र समन्वयका विषयहरू टुङ्ग्याएपछि मात्रै संगठन निर्माणका कार्यहरू पुनः सुचारु हुने पार्टी स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *