चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको नेता साउदको दाबी

डिसी नेपाल
८ असोज २०७६ १८:३०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एनपी साउदले चिनियाँ कम्यनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दावी गर्दै गम्भिर आपत्ति जनाएक छन्।

काँग्रेस नेता साउदले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकतामाथि आँच आउने गरी दुई कम्युनिष्ट पार्टीबीच समझदारी गरिएको भन्दै तत्काल सच्चिन पनि सत्तारुढ नेकपासँग माग गरे।

नेपालको संविधान, कानून विपरितको मान्यता बोकेको चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले समझदारी गरेकोमा आफ्नो पार्टीको गम्भिर असहमति रहेको नेता साउदको भनाई छ।

‘चिनियाँ कम्युनिष्ट पार्टीसँग प्रशिक्षण लिएर सत्तारुढ नेकपाले सत्ता कब्जाको अभ्यास गरेको विषयलाई हामीले गम्भिर आलोचनाको विषयको रुपमा लिएका छौं,’ बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा काँग्रेस नेता साउदको भनाई थियो, ‘त्यसकारण सत्तारुढ नेकपा सच्चिनु पर्छ र दुई पार्टीबीच गरिएको सहमतिको सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’ नेता साउदले दुई पार्टीबीचको सम्बन्धले राष्ट्रलाई नोक्सान पुर्याउन नहुने पनि बताए।

यता, सत्तारुढ नेकपाका नेता देवेन्द्र पौडेलले भने चिनियाँ नेताहरुले ‘सी विचारधारा’ मान्न आफूहरुलाई कुनै दवाव नदिएको स्पष्टिकरण दिएका थिए। उनले बरु नेपालका कम्युनिष्ट पार्टीहरुले बेलायत, अमेरिका मोडलको लोकतन्त्रको अभ्यास गरिरहेकोतर्फ पनि काँग्रेस नेताहरुको ध्यानाकर्षण गराए।

नेता पौडेलले लोकतन्त्रको सच्चा हिमायती आफ्नो पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टीको प्रभावमा परेको भनेर कुनै पनि राजनीतिक दलले भन्न नमिल्ने तर्क समेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *