नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गर्यो : बालकृष्ण खाँड

डिसी नेपाल
८ असोज २०७६ १९:०४

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गरिरहेको आरोप लगाउँदै मान्य नहुने चेतावनी दिएका छन्।

प्रमुख सचेतक खाँडले संघीय लोकतान्त्रिक गणतन्त्र माथिनै प्रहार हुनेगरी केपी ओली नेतृत्वको सरकारले प्रयत्न गरिरहेकाले त्यसप्रति नेपाली जनता र सबै लोकतन्त्रवादीहरुले आपत्ति जनाईरहेको दावी पनि गरे।

बुधबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनमा जस्तो शासन व्यवस्था नेपालमा ल्याउन नदिने पनि बताए।

प्रमुख सचेतक खाँडले अहिलेको सरकारले नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउन अनेक अभ्यास गरिरहेको दावी पनि गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *