सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण
काठमाडौं । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले १६ वर्षअघि सुरु गरिएको ३५९ किलोमिटर लामो सोती लोकमार्ग सडक निर्माणमा हालसम्म केवल करिब ५ प्रतिशत मात्रै भौतिक प्रगति हासिल गरेको बताएका हुन् ।
उनले भने, ‘दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट सिमानासम्म जोड्ने ३५९ किलोमिटर सोती लोकमार्ग सडक १६ वर्ष भइसक्दा पनि भौतिक प्रगती पाँच प्रतिशत छ । १६ वर्ष अगाडि ३२ अर्ब लागत अनुमान गरिएको यो योजना आज २० अर्ब बढेर ५२ अर्ब पुगेको छ ।’
सुरुवातमा ३२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको योजना ढिलाइका कारण अहिले २० अर्बले बढेर ५२ अर्ब रुपैयाँ पुगेको बताए ।
‘प्रधानमन्त्रीले भनेको बढिकालीका रामारोसन, खप्तड जस्ता प्रमुख पर्यटकीय गन्तव्य जान सहज बन्ने छ । त्यति मात्र नभइ यो सडक निर्माण भइसकेपछि यस त्रिपक्षीय व्यापार सहज हुनेछ । समग्र सुदुरपश्चिमको आर्थिक क्रियाकलाप झन् बढेर जान्छ,’ उनले भने ।
उनका अनुसार सोती लोकमार्ग निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक क्रियाकलाप अझ बढ्ने बताए ।







डिसी नेपाल







Facebook Comment