आज शुभ अशुभ कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् बिहीबारको राशिफल

डिसी नेपाल
९ असोज २०७६ ६:०७

आज मिति २०७६ साल असोज ८ गते । तदनुसार सन २०१९ सेप्टेम्बर २५ तारिख । शकसंवत् १९४१ । परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३९ ञलगा । आश्विन कृष्णपक्ष, एकादशी, ९ः४५ उप्रान्त द्वादशी तिथि, अश्लेषा, २८ः१६ बजेउप्रान्त मघा नक्षत्र, शिव योग ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज जिवन साथी भेटने दिन छ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। धन लाभ होला।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ कामको सुरुवात हुनेछ। कमिकमजोरीलाई सुधार गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रबाट सम्मान प्राप्त होला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
गीतसंगीतमा रुची बढ्नेछ। साथमा धन लाभ होला। धार्मीक काममा सहयोग गर्ने अवसर मिल्ला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कृषी व्यवसाय तथा राजनीतिक क्षेत्र लाभदायी रहला। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आज तपाईको दिन धुमधामसँग वित्ने सम्भावना छ। धनलाभ होला। चोटपटकको भय रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रतिकुल समय चल्दैछ। प्रशासनिक झमेला वा आरोप व्यहोर्नु पर्ला । प्रेम सम्बन्धमा रिक्तता आउने योग छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेममा कसिने योग छ। आज तपाईले सफलताका लागि अग्नी परीक्षा दिनु पर्नेछ। सन्तान पक्षबाट राम्रो माया मिल्नेछ।

बृश्चिक –तो,ना,नी,नू,ने,नो,या,यी,यू)
काम गर्दा विभिन्न समस्या आइलाग्ने छन्। परिणाम सोचे जस्तो नहुन सक्छ। सानो तिनो काममा समय विताउनु पर्ला।

धनु –ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मानप्रतिष्ठा, सामाजिक सयार्दामा अभिवृद्धि हुनेछ। आज शैक्षिक प्रगतिका लागि ठूलो फट्को मार्न सकिने छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आजका तपाईका लागि धन लाभ हुने योग छ । मनमा चिन्ता छाउनेछ भने जिवनसाथीसँग टाढीने योग छ।

कुम्भ –गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । जग्गा जमिनबाट लाभ हुनेछ भने दिन निकै शुभ रहेको छ।

मीन –दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परीक्षाको नतिजाले गर्दा दिनभर तनाव होला । प्रेम प्रेमीकाबीचको सम्बन्ध सुमधुर भएर जानेछ । मध्यान्न पख अचानक धन लाभ हुने योग छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *