एमाले पदाधिकारीको वरीयता : बादल पहिलो उपाध्यक्ष, सचिवमा महेश बस्नेत पुछारमा

डिसी नेपाल
७ जेठ २०८३ १६:५७

काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारीहरूको कार्यविभाजन र वरीयता निर्धारणको प्रस्ताव अगाडि बढाएको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयतासम्बन्धी नयाँ प्रस्ताव पेस गरिएको हो।

प्रस्तावित नयाँ वरीयताअनुसार अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता अर्थात् पहिलो उपाध्यक्षमा रामबहादुर थापा चयन भएका छन्। थापापछिको उपाध्यक्षहरूको वरीयतामा क्रमश: विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्त रहेका छन्। पार्टीको कार्यकारी पद महासचिवमा भने शङ्कर पोखरेल रहेका छन्।

त्यस्तै, तीन जना उपमहासचिवहरूको वरीयतामा लेखराज भट्ट पहिलो, रघुबीर महासेठ दोस्रो र योगेश भट्टराई तेस्रो स्थानमा समेटिएका छन्।

नौ जना सचिवको वरीयतामा भने छविलाल विश्वकर्मा पहिलो स्थानमा रहेका छन्। विश्वकर्मापछिको क्रमिक वरीयतामा क्रमश: पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई र हिक्मत कार्की रहेका छन् भने नवौँ अर्थात् अन्तिम सचिवका रूपमा महेश बस्नेतलाई राखिएको छ। एमालेको यो प्रस्तावित वरीयतालाई आगामी बैठकले औपचारिक रूपमा अनुमोदन गर्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *