संसद्मा विपक्षीको नाराबाजी : प्रधानमन्त्री खोज्दै घेरे रोस्ट्रम, विरोधकै बीच सभामुखले बढाए बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका कारण प्रतिनिधिसभा बैठक तनावपूर्ण बनेको छ। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले संसद् अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले पहिलो बैठक स्थगित गरेका थिए।
तर, केही बेरको अन्तरालपछि सुरु भएको दोस्रो बैठकमा पनि विपक्षीहरूको विरोध जारी नै रह्यो। सभामुख घिमिरेले विपक्षीको बेल घेराउ र नाराबाजीलाई बेवास्ता गर्दै पेलेरै सदनको कार्यसूची अगाडि बढाएका छन्।
अहिले संसद् भवन नयाँ बानेश्वरमा विपक्षी सांसदहरूले रोस्ट्रम घेरेर ‘संसदीय मर्यादा कायम गर’, ‘प्रधानमन्त्री कहाँ छन्, जवाफ चाहियो’ भन्दै चर्को नाराबाजी गरिरहेका छन् भने सोही होहल्लाका बीच सभामुखले संसद्को कारबाही चलाइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment