साफ महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ
काठमाडौं। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको आज बिदाइ गरिएको छ। भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा खेलाडीसहित ३१ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउनेछ।
उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका २३ खेलाडी, व्यवस्थापक, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षकसहितको टोली सहभागी हुनेछ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गरे।
सो अवसरमा मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको बताउनुभयो। यही जेठ ११ देखि २४ गतेसम्म भारतको गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ।







डिसी नेपाल







Facebook Comment