अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास काठमाडौंमा
काठमाडौं । नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास कार्यालयको आज काठमाडौंमा उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा नेपालका लागि अर्मेनियाका गैरआवासीय राजदूत वाहाग्न अफ्यानले नेपाल तथा अर्मेनियाबीचको मजबुत सम्बन्धले दुई राष्ट्र र जनतालाई फाइदा पुग्ने तथा यसले त्यो अगाडि बढ्न बाटो खुलेको चर्चा गरे।
नेपालका लागि अर्मेनियाका अवैतनिक राजदूत इ किरन मल्लले अर्मेनिया र नेपालबीच पर्यटन तथा जलविद्युत्का क्षेत्रका अतिरिक्त विभिन्न क्षेत्रमा सहकार्यको प्रशस्त सम्भावना रहेको बताए। कार्यक्रममा विभिन्न देशका नेपालका लागि अवैतनिक वाणिज्यदूत र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्तिथिति थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment