सेठले सन्तलाई सुनको मुद्राको थैली दिए, सन्तले भने–गरीवबाट दान लिन्न

डिसी नेपाल
९ असोज २०७६ ८:१८

काठमाडौं। एउटा पुरानो लोक कथाका अनुसार एक जना निकै धनी व्यक्ति थिए। उनीसँग सुख सुविधाका हरेक चीज थिए तर उनको मन अशान्त थियो। ती धनी व्यक्तिलाई सबैले सेठजी भन्थे।

सेठजी दैनिक पूजा–पाठ गर्थे, मन्त्रको जप गर्थे । तै पनि उनको मनमा शान्ति भएन। उनी निकै दुखी रहन्थे। किनभने उनको मन अशान्त थियो। एक दिन गाउँमा प्रसिद्ध सन्त आइपुगे।

गाउँमा सन्त आएको सेठजीले थाहा पाए। उनी सन्तलाई भेट्न गए। सेठजीले सुनका मुद्राले भरिएको थैली सन्तको चरणमा राख्दै भने–गुरुदेव ! मलाइ कृपा गर्नुस् मलाइ मनमा शान्ति चाहियो।’

सन्तले सेठजीसँग भने –यी सबै सुनका मुद्रा यहाँबाट हटाउ।म कुनै गरिवबाट दान लिन्न।’ सन्तको कुरा सुनेर सेठ चकित परे। सेठले भने–महाराज गाउँको सबैभन्दा धनी व्यक्ति हुँ। तपाईँले मलाइ किने गरिव भन्नु भयो ?’

सन्तले भने–यदि तिमी धनी छौं भने के कुराको कृपा चाहियो ?’
सेठजीले भने–महाराज यदि तपाईँको कृपा भयो भने म मेरो गाउँको आसपासको पूरै क्षेत्रको सबैभन्दा धनी मानिस भन्न सक्छु। अनि मेरो मनमा पनि शान्ति मिल्नेछ। मलाइ यस्तो उपाय बताइ दिनुस् जसबाट मेरो इच्छा पूरा होस्।’

सन्तले भने–हेर तिम्रो इच्छाको अन्त्य छैन। अहिले आफ्नो गाउँ आसपासको क्षेत्रका सबैभन्दा धनी मान्छे बन्न मन त। त्यो पूरा भएपछि देशकै धनी मान्छे भन्ने इच्छा हुन्छ। यसरी त तिमी भिखारी भन्दा के फरक भयौ त? भगवानले दिएको यति धेरै कुरा हुँदासमेत तिमीलाई अझै पुगिरहेको छैन। यसरी तिमीलाई कहिल्यै पनि शान्ति प्राप्त हुँदैन। जबसम्म तिमी आफ्नो इच्छाको त्याग गर्दैनौं तबसम्म पूजा–पाठ गरेपनि हाम्रो मन शान्त हुँदैन। यदि शान्ति चाहने हो भने धनको लोभ छोड।’

यो कथाबाट के शिक्षा पाइन्छ भने हामी भोल लालचमा फसेसम्म हामीलाई शान्ति प्राप्त हुँदैन। सुश शान्तिको कामना त्यतिबेला मात्रै पूरा हुन्छ, जब हामी लोभ र लालचबाट माथि उठ्छौं।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *