संविधान संशोधन बहस: निजी क्षेत्रका उद्योगी र व्यवसायीसँग कार्यदलको छलफल

डिसी नेपाल
१२ जेठ २०८३ १८:२८

काठमाडौं। संविधान संशोधनको बहसपत्र तयार पार्न गठित कार्यदलले मंगलबार उद्योग, वाणिज्य तथा निजी क्षेत्रका प्रमुख व्यक्तित्वहरूसँग औपचारिक छलफल गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधानमा गर्नुपर्ने परिमार्जन र आर्थिक क्षेत्रका अपेक्षाहरूबारे उद्योगी व्यवसायीहरूसँग सुझाव संकलन थालेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको उक्त बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक विकास, लगानी मैत्री वातावरण र उद्योग व्यवसाय सञ्चालनमा रहेका संवैधानिक अड्चनहरू फुकाउने विषयमा केन्द्रित रहेर आफ्ना महत्त्वपूर्ण सुझावहरू राखेका छन्।

कार्यदलले विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग छलफल गरी समेटिएका उपयुक्त एजेन्डाहरूलाई बहसपत्रमा समावेश गर्ने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *