सरकारद्वारा २९ जना सहसचिवको एकैपटक सरुवा (सूचीसहित)

डिसी नेपाल
१३ जेठ २०८३ १०:४९

काठमाडौं। सरकारले निजामती प्रशासनका २९ जना सहसचिवहरूको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन भन्दै विभिन्न मन्त्रालय, आयोग र प्रदेशमा कार्यरत सहसचिवहरूको एकसाथ सरुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ भने राम कुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको जिम्मेवारी दिइएको छ।

यसैगरी, सहसचिव गणेश पौडेललाई कोसी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। अन्य सरुवा भएका सहसचिवहरूको विस्तृत विवरण भने सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *