जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार र मासिक भत्ता दिने सरकारको घोषणा
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने र उनीहरूलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्।
बजेट वक्तव्यका क्रममा अर्थमन्त्री डा. वाग्लेले आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको अवस्था हेरी सोही अनुसारको मासिक भत्ताको व्यवस्था गरिने जानकारी दिए। यसका साथै सरकारले घाइतेहरूको पूर्ण स्वास्थ्य उपचार खर्च समेत बेहोर्ने नीति लिएको छ।
आन्दोलनका घाइतेहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सरकारले विशेष योजना अघि सारेको छ। अर्थमन्त्री वाग्लेले घाइतेहरूको जीविकोपार्जन र पुनर्स्थापनाका लागि आगामी आर्थिक वर्षमा उद्यमशीलताका विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गरिने बताए।







डिसी नेपाल







Facebook Comment