चुरोटमा १० प्रतिशत अन्तःशुल्क बढ्यो
अर्थमन्त्री डा.वाग्ले - बजेट प्रस्तुत गर्नुहुँदै
काठमाडौँ, १५ जेठ ः
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि चुरोटमा लाग्दै आएको अन्तःशुल्क बढाउने घोषणा गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरोटमा १० प्रतिशतले अन्तःशुल्क वृद्धि गरिएको जानकारी दिएका छन्।
त्यसैगरी मदिरा र बियरमा पनि अन्त:शुल्क बढाइएको छ। सरकारले राजस्वको दायरा बढाउने र सुर्तीजन्य पदार्थको उपभोग निरुत्साहित गर्ने नीति अनुरूप अन्तःशुल्क बढाएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment