गायिका तेजवतीको स्वरमा ‘नेपालकी छोरी’ सार्वजनिक, भिडियोमा गीता ढुंगानाको दमदार अभिनय

डिसी नेपाल
१७ जेठ २०८३ ११:२९

काठमाडौं। करिब दुई दशकदेखि शास्त्रीय संगीत साधनामा क्रियाशील गायिका तेजवती जोशीको स्वरमा सजिएको नयाँ गीत ‘नेपालकी छोरी’ को भिडियो सार्वजनिक भएको छ।

देशप्रेम, अग्रजप्रतिको सम्मान र अनुजप्रतिको मायालाई मूल भाव बनाइएको यस गीतमा कुमार मिश्रको शब्द तथा टेकेन्द्र नेपालीको संगीत रहेको छ। गीतले समाजमा सकारात्मक सोचको सञ्चार गर्दै नेपाली छोरीको स्वाभिमान र पहिचानलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ।

सार्वजनिक भिडियोमा चर्चित मोडल गीता ढुंगानाको मुख्य अभिनय देख्न सकिन्छ। दुई चुल्ठी बाटेको परम्परागत नेपाली अवतारमा प्रस्तुत भएकी गीताको अभिनय र उर्जा भिडियोमा निकै खुलेको छ।

योगेन्द्र राजकर्णीकारको निर्माण तथा जिबी आग्रीको निर्देशनमा तयार भएको यस भिडियोको संगीत संयोजन रिदम कँडेलले र मिक्सिङ तथा मास्टरिङ साजन शाहले गरेका हुन्। त्यस्तै थम्मन टाडीको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन रहेको यो भिडियो ओसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो।

गायिका तेजवती जोशी र संगीतकार टेकेन्द्र नेपालीबीचको यो पाँचौँ सहकार्य हो। यसअघि उनीहरूले ‘चुम्बक’ र ‘हजार जुनी’ सहित चारवटा सफल गीतहरूमा सँगै काम गरिसकेका छन्। लामो समयदेखि संगीतमा सक्रिय गायिका जोशीले यसअघि नेपालीका साथै नेवारी भाषाका गीतहरूमा समेत आफ्नो स्वर दिइसकेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *