लिखित प्रश्नबिनाको प्रश्नोत्तर स्वीकार्य नहुने एमाले सांसद महरको तर्क

डिसी नेपाल
१७ जेठ २०८३ १४:१७

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन प्रक्रियाप्रति नियमापत्ति जनाएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रधानमन्त्रीले सदनमा उपस्थित भई सम्बोधन गर्न चाहेको विषयप्रति सम्मान व्यक्त गरे पनि संविधान र प्रतिनिधिसभा नियमावलीको पालना हुनुपर्नेमा जोड दिए ।

उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ को उपनियम (३) र (४) मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि कम्तीमा तीन दिनअघि प्रश्न दर्ता गर्नुपर्ने तथा त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख रहेको बताए ।

उनले भने, ‘हामी संविधान र नियमावलीभन्दा माथि छैनौं । सभामुख, प्रधानमन्त्री वा माननीय सदस्य कसैलाई पनि नियमभन्दा माथि रहने छुट छैन, सम्मानिय प्रधानमन्त्री ज्यु सदनमा आउने कुरा र सदनलाई सम्बोधन गर्न चाहने विषयप्रति म सम्मान व्यक्त गर्न चाहन्छु । मेरो नियमआपत्ति दर्ज गर्न चाहन्छु । प्रतिनिधिसभाको नियमावली २०७९ को नियम ५६ को उपनियम ३ र ४ मा प्रष्ट व्यवस्था गरेको छ प्रधानमन्त्री ज्युसँगको प्रश्नउत्तरमा तीनदिनदेखि प्रश्न दर्ज गर्ने र त्यसपछि प्रधानमन्त्री ज्युले जवाफ दिनुपर्ने भन्ने कुरा बडो स्पस्ट सँग व्याख्या गरेकोले सम्मानिय प्रधानमन्त्री ज्युबाट यस्तो खालको नियम विपरितको काम नहोस् । मान्य सदस्यज्युहरुको लिखित प्रश्न लिइयोस् ।’

उनले प्रधानमन्त्रीबाट नियमावलीविपरीत कार्य नहोस् भन्दै सांसदहरूले लिखित रूपमा दर्ता गरेका प्रश्नलाई प्रक्रियाअनुसार अघि बढाउन आग्रह गरे । साथै, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नियमावलीअनुसार सञ्चालन हुनुपर्ने उनको माग थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *