सर्पदंशका बिरामीलाई तत्काल उपचारको प्रवन्ध गर्न माग

डिसी नेपाल
१७ जेठ २०८३ १६:३७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले देशभर सर्पदंशका कारण बढ्दो मृत्यु दरप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गर्मी तथा वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढिरहेको उल्लेख गर्दै समयमै उपचार नपाउँदा धेरै बिरामीको ज्यान जाने गरेको बताए।

‘विषालु सर्पले टोकेपछि पहिलो घण्टालाई सुनौलो घण्टा भनिन्छ, जसमा एक घण्टाभित्र उपचार गर्नसके बिरामीलाई बचाउन सकिन्छ,’ उनले भने, ‘तर अस्पताल समयमै पुर्‍याउन नसक्दा बाटोमै बिरामीको मृत्यु हुने अवस्था छ।’

उनले हरेक स्थानीय तहका अस्पतालहरूमा एन्टिस्नेक भेनम (विष प्रतिरोधी औषधि) पर्याप्त मात्रामा उपलब्ध गराउन सरकारलाई आग्रह गरे।

सांसद खनालले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ग्रामीण क्षेत्रमा आपतकालीन उपचार सेवाको पहुँच सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

‘हरेक स्थानीय तहस्थित अस्पतालहरुमा एन्टिस्नेक भेनमको प्रयाप्त उपलव्धता सुनिश्चत गर्नको लागि सभामुख ज्यू मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *