रास्वपाले बोलायो सचिवालय बैठक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक (भर्चुअल) बोलाएको छ।
आजै बेलुका ८ बजे बस्नेगरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धलगायतका विषयमा छलफल हुने कार्यसूची छ। साथै, महाधिवेशनबारे पनि छलफल हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
सीमाबारे प्रधानमन्त्री बालेन शाहले आइतबार संसद्मा दिएको अभिव्यक्तिबारे पनि छलफल हुन सक्ने बताइएको छ। प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘भारतले मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको’ दाबी गरेका थिए।
उक्त अभिव्यक्तिको अहिले चर्को आलोचना भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment