सुनको मूल्य तोलामा दुई सयले घट्यो, चाँदी भने महँगियो

डिसी नेपाल
१८ जेठ २०८३ १२:१०

काठमाडौं। स्थानीय बजारमा पहेँलो धातु (सुन) को मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तीन लाख १० हजार १०० रुपैयाँमा खरिद-बिक्री भएको छापावाला सुनको मूल्य सोमबारका लागि भने तीन लाख १० हजार ९०० रुपैयाँ निर्धारण भएको छ।

सरकारले भन्सार दरमा १० प्रतिशत थप गरेपछि अघिल्लो दिन अर्थात् आइतबार मात्रै सुनको मूल्य तोलामा एकैपटक २० हजार ५०० रुपैयाँले वृद्धि भएको थियो।

सुनको मूल्यमा सामान्य गिरावट आए पनि चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि भने पाँच हजार ३५५ रुपैयाँ तय भएको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *