प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

डिसी नेपाल
१८ जेठ २०८३ १४:३९

काठमाडाैं। राष्ट्रियसभाका सांसदहरूले नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा नेपाल सरकारसँग आधिकारिक जानकारी माग गर्दै आजको बैठक अवरुद्ध गरेका छन्।

बैठक सुरु हुनेबित्तिकै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको थियो। उहाँले सो सम्बन्धमा सरकारले संसद्‌मा तत्काल स्पष्ट पार्नुपर्ने माग राखे।

सांसद कर्णपछि बोल्नुभएका अन्य सांसदहरू राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा सरकारको आधिकारिक धारणा आउनुपर्ने माग गरेका थिए।

आकस्मिक समय सकिएलगत्तै सांसदहरूले यस विषयमा सरकारले जवाफ दिनुपर्ने अडान राख्दै आ-आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *