राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित

डिसी नेपाल
१८ जेठ २०८३ १५:१८

काठमाडौं। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा पनि स्थगित गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठकमा सांसदहरूले अवरोध सिर्जना गरेपछि बैठक भोली(मंगलबार)सम्मका लागि स्थगित गरिएको हो।

बैठकमा सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सुरुमा बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो।

आकस्मिक समयमा सांसदहरूले आफ्ना भनाइ राखिसकेपछि सबै सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट पनि छैन।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आन्दोलित सांसदहरूलाई बस्न र संसद्को नियमित कार्यसूची अगाडि बढाउन पटक–पटक आग्रह गरे।

तर, अध्यक्ष दाहालको आग्रहलाई अस्वीकार गर्दै सांसदहरूले उभिएरै निरन्तर अवरोध र विरोध प्रदर्शन जारी राखेपछि बैठक भोली मंगलबार दिउँसो १ :१५ बजे बस्ने गरि स्थगित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *