नेपाल विद्यार्थी संघ अध्यक्षमा करूणा कटुवाल नियुक्त

डिसी नेपाल
१८ जेठ २०८३ १७:४९

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष पदमा करूणा कटुवाल नियुक्त भएकी छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धनकुटाकी कटुवाललाई संघको केन्द्रीय अध्यक्ष पदमा नियुक्त गरेका हुन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति थापाले यो नियुक्ति गरेका हुन्। म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघलाई गतिशीलता दिन कांग्रेस विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम कटुवाललाई जिम्मेवारी सुम्पिएको पार्टीले जनाएको छ।

नवनियुक्त अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै संघको महाधिवेशन सम्पन्न गर्नका लागि ११ बुँदे कार्यादेश र कार्यविवरण सहितको जिम्मेवारी प्रदान गरिएको छ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उक्त नियुक्तिको जानकारी दिइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *