नेपाली कांग्रेसले खुला गर्यो नयाँ क्रियाशील सदस्यता, अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार स्वदेश तथा विदेशमा रहेका योग्यता पुगेका कुनै पनि नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता खुला गरिएको हो।
पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
नयाँ सदस्यता लिन चाहने इच्छुक नागरिकले नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ। योग्य नागरिकले कांग्रेसको आधिकारिक वेबसाइटमार्फत सहज र सरल रूपमा क्रियाशील सदस्यताको आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ।
नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा डिजिटल प्रविधिमार्फत विश्वभर रहेका नेपालीहरूलाई पार्टीमा जोडिन सहज होस् भन्ने उद्देश्यले अनलाइन आवेदन खुला गरिएको जानकारी दिइएको छ। पार्टीले आफ्नो संगठन सुदृढीकरण अभियानअन्तर्गत यो कदम चालेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment