छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

डिसी नेपाल
१९ जेठ २०८३ १९:३३

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।

चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टा बस्ने ६० वर्षीय कुल बहादुर चोखाल सोही ठाउँस्थित राप्ती नदीको किनारामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

दाङको घोराही उपमहानगरपालिका-१४ स्वर्गद्वारी टोल डेरा गरी बस्ने रोल्पा घर भएका ३५ वर्षीय ज्योती बहादुर बुढा मगर आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

इलामको रोङ गाउँपालिका-६ हात्तीखर्क सामुदायिक वनमा झापा मेचीनगर नगरपालिका-२ बस्ने ४१ वर्षीय बाल कुमार दर्जी मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *