कुशे औंसी: गोकर्णेश्वर महादेव मन्दिरमा पितृसम्झनामा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो
काठमाडाैं। भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बाबुको मुख हेर्ने पर्वका अवसरमा काठमाडौंको ऐतिहासिक गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ।
दिवङ्गत पिताको स्मरण र आत्मशान्तिका लागि तर्पण, पिण्डदान तथा सिदादान गर्न देशका विभिन्न स्थानबाट आएका भक्तजनहरूको मन्दिर परिसरमा लामो लाइन देखिन्छ।
काठमाडौंको उत्तरपूर्वी भेगमा अवस्थित यो तीर्थस्थल धार्मिक दृष्टिले ‘उत्तरगया’का रूपमा समेत प्रसिद्ध रहेकाले आजको तिथिलाई ‘गोकर्णे औँसी’ पनि भन्ने गरिन्छ।
सनातन धार्मिक मान्यताअनुसार गोकर्णेश्वर क्षेत्रमा गएर विधिपूर्वक तर्पण तथा पिण्डदान गर्नाले पितृहरूले मोक्ष प्राप्त गर्ने र २१ पुस्तासम्मका पितृको उद्धार हुने जनविश्वास छ।
यसै विश्वासका साथ भक्तजनहरू मन्दिर नजिकै बग्ने बागमती नदीमा स्नान गरी आफ्ना पितृको नाममा श्राद्ध, तर्पण र दान-दक्षिणा गरिरहेका छन्।
तस्विर: सक्षम घिमिरे/नेपाल न्यूज बैंक
























No ads found for this position


डिसी नेपाल
Facebook Comment