करेन्ट लागेर एक जनाको मृत्यु
रौतहट । देवाही गोनाही नगरपालिका-४ नदीपारी टोल बस्ने बिजेन्द्र पटेलकी छोरी १२ वर्षीया कुमारी पटेलको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ।
आफ्नै घरको धारामा जडित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नेपाल तराई सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment