सलमान खान पूर्व प्रेमिकाको घरमा रंगेहात पक्राउ परेपछि…
एजेन्सी । सलमान खानको नीजि जीन्दगी निकै रमाइलो र हाँसो उठ्दो छ। यस्तै एक किस्सा एक्टरले दश का दशको सेटमा पनि शेयर गरे।
जब उनी आफ्नो पूर्व प्रेमिकाको घर पुगेका थिए, तब उनी रंगेहात दराजभित्र लुकेको अवस्थामा फेला परेका थिए।
शो को सेटमा सलमान खानले भने, ‘एक पटक मेरी गर्लफ्रेण्डका परिवारले मलाई रंगेहात पक्राउ गरेका थिए। जब म आफ्नो गर्लफ्रेण्डको घरमा थिए, तब उनका परिवार अचानक घर आए। तब मसँग दराजभित्र लुक्नुको कुनै विकल्प थिए। सबै कुरा ठिकै थियो तर धुँलोले खेल बिगार्यो। मलाई जोरसँग हाँछ्यु आयो । तब सबै खेल बिग्रियो। तरपछि राम्रो कुरा के थियो भने उनका बाबुलाई म मन पर्यो र सुरक्षित भए। यस्तै किस्सा धेरैजसो युकका साथ भएको हुनुपर्छ।’
सलमान खानको यो रमाइलो किस्साको खुलासा फिल्म स्त्रीका अभिनेता राजकुमार राव र श्रद्धा कपुरका सामु भएको थियो। सलमानपछि राजकुमार रावले पनि आफ्नो अनुभव शेयर गरेका थिए। उनले पनि एक पटक गर्लफ्रेण्डको बालकोनीमा घण्टौँ लुकेर बस्नु परेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment