प्रकृतिको अनुपम उपहार: मन लोभ्याउने रसुवाको केरुङ (तस्बिर)
रसुवा। नेपाल–चीन सीमाक्षेत्र नजिकै अवस्थित रसुवाको किरिङ्गिन (केरुङ) प्राकृतिक सौन्दर्यको एउटा सजीव तस्बिरका रूपमा परिचित छ।
जैविक विविधता र अद्वितीय भूबनोटले भरिपूर्ण यो रमणीय स्थान पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्न थालेको छ।
यहाँबाट आँखाअगाडि लहरै देखिने चाँदीजस्तै टल्किने सेता हिमशृङ्खलाहरूले जोसुकैको मनलाई पनि तत्कालै आनन्दित तुल्याउँछन्।
आकाश छुने प्रकृतिका पहरेदारजस्ता अग्ला हिमालहरू, चारैतिर हरियालीको गलैँचा ओछ्याएका डाँडाकाँडा र यहाँको स्वच्छ तथा शीतल हावापानीले यस क्षेत्रको वातावरणलाई निकै मनमोहक बनाएको छ।
सहरी कोलाहल र व्यस्तताबाट टाढा रहेर शान्त प्रकृतिको काखमा रमाउन चाहने पर्यटकहरूका लागि किरिङ्गिन एउटा उत्कृष्ट गन्तव्य बनेको छ। यहाँ पुग्ने जो कोही पनि यहाँको रैथाने सुन्दरता र प्राकृतिक परिवेशमा हराउँदै मन्त्रमुग्ध भएर रमाउने गर्दछन्।















No ads found for this position


डिसी नेपाल
Facebook Comment