सम्झौता भए इरानका सर्वोच्च नेता खामेनेईलाई भेट्न तयार छु: अमेरिकी राष्ट्रपति ट्रम्प

डिसी नेपाल
२२ जेठ २०८३ १४:४८

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच कुनै सम्झौता (डिल) भएमा आफू इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईसँग भेटवार्ता गर्न तयार रहेको बताएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले आफू व्यक्तिगत रूपमा सर्वोच्च नेता खामेनेईलाई भेट्न लालायित नभए पनि यदि परिस्थिति अनुकूल बनेर दुई देशबीच सम्झौता भएमा उक्त भेटवार्ता सम्भव हुने र त्यसमा आफूलाई कुनै आपत्ति नहुने प्रष्ट पारेका हुन्।

उनले सम्भावित भेटवार्ता पूर्ण रूपमा सम्मानजनक हुने र आफू इरानी सर्वोच्च नेतासँग शिष्टतापूर्वक प्रस्तुत हुने समेत प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, राष्ट्रपति ट्रम्पले आफ्नो सरकारले इरानबाट संवर्धित (एनरिच्ड) युरेनियम जफत गर्नका लागि त्यहाँ अमेरिकी सैनिक पठाउने विषयमा गम्भीर विचार विमर्श गरेको खुलासा समेत गरेका छन्।

यद्यपि, उक्त योजना निकै जोखिमपूर्ण रहेको र त्यसमा अमेरिकी सैनिकहरूको ज्यान जान सक्ने उच्च खतरा देखिएकाले अन्तिम समयमा आएर सो सैन्य अपरेसनको योजना रद्द गरिएको उनले बताए।

अमेरिकी राष्ट्रपति र इरानी सर्वोच्च नेताबीचको यो सम्भावित कूटनीतिक संवाद र सम्बन्ध सुधार्ने प्रयासलाई विश्व राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *