सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
पर्साको पोखरिया नगरपालिका-९ बरैया प्राईम स्टिलस्थित सडकमा प्र.२-०३-०१२ प १६८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कालिकामाई गाउँपालिका-४ पशुरामपुर बस्ने ३७ वर्षीय अनिस कुमार गुप्ताको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरंगजमा उपचारको क्रममा मृत्यु भएको हो।
अछामको कमलबजार नगरपालिका-७ क्वालेखस्थित सडकमा मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से.१ ज ६१३ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा जिपमा सवार कमलबजार नगरपालिका-७ बस्ने ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य २ जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment