‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक विमोचन

डिसी नेपाल
२४ जेठ २०८३ १८:२२

काठमाडौं। लेखक ‘ददीराम सापकोटाद्वारा लिखित ‘त्यो नेपाल’ नामक पुस्तक आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको छ। फ्रान्सेली भाषामा लेखिएको उक्त पुस्तक नेपाललाई कर्मथलो बनाएका फ्रान्सेली नागरिकको अनुभवका आधारमा तयार गरिएको जनाइएको छ।

पुस्तकमा नेपालप्रति फ्रान्सेली समुदायको दृष्टिकोण, अनुभव तथा उनीहरूले नेपालमा बिताएका विभिन्न क्षण समेटिएको बताइएको छ। पुस्तकको विमोचन आलियन्स फ्रन्सेका डिरेक्टर मस्यु सिल्भाँ श्वाँ, फ्रान्सका लागि नेपाली दूतावास पेरिसका पूर्वकूटनीतिज्ञ रामबाबु ढकाल, निरज भारी तथा लेखक सापकोटाले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डिरेक्टर सिल्भाँ श्वाँले पुस्तकले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभव प्रस्तुत गरेको उल्लेख गर्दै यसले पाठकलाई नेपालबारे थप जानकारी र नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गरे।

लेखक ददीराम सापकोटाले पुस्तक लेख्ने क्रममा आफूले पेरिसका विभिन्न स्थानमा पुगेर नेपालसँग सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेको बताए। उनले व्यापक अध्ययन, अनुसन्धान र अनुभव सङ्कलनपछि पुस्तक तयार गर्न सफल भएको जानकारी दिए।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै पूर्वकूटनीतिज्ञ रामबाबु ढकालले नेपाल–फ्रान्स सम्बन्ध तथा सांस्कृतिक आदानप्रदानलाई पुस्तकले थप उजागर गर्ने विश्वास व्यक्त गरे। फ्रान्सेली भाषामा प्रकाशित ‘त्यो नेपाल’ नामक पुस्तकले नेपाललाई आफ्नो कर्मभूमि बनाएका फ्रान्सेलीको अनुभव र दृष्टिकोणलाई पाठकमाझ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *