विपक्षी दलहरूको विरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक विपक्षी दलहरूको तीव्र विरोध र अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ। बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आ–आफ्नो सिटबाट उठेर विरोध जनाएपछि संसद्को नियमित कार्यसूची प्रभावित भएको हो।
नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आन्दोलित भएका हुन्। आइतबार संसद्मा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको उक्त भनाइ राष्ट्रिय हित विपरित रहेको प्रतिपक्षीहरूको आरोप छ।
विपक्षी दलका सांसदहरूले सदनमा नाराबाजी गरेका थिए। प्रधानमन्त्रीले संसद्को रोष्ट्रममा उभिएर आफ्नो सो अभिव्यक्तिका बारेमा स्पष्ट जवाफ दिनुपर्ने, उक्त विवादित भनाइ संसद्को रेकर्ड (रोष्ट्रम) बाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद् समक्ष माफी माग्नुपर्ने।
विपक्षीहरूको निरन्तर विरोध र होहल्लाबीच सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले कानुन निर्माण गर्ने देशको सर्वोच्च थलोलाई बन्धक नबनाउन र संसद् सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गरेका थिए।
संसद् सचिवालयका अनुसार सहमतिको प्रयासका लागि अहिले सभामुखको कार्यकक्षमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। सहमति जुटेमा केही बेरमा बैठक पुनः सुचारु हुने बताइएको छ।







डिसी नेपाल







Facebook Comment