सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड मस्यौदा स्वीकृत

डिसी नेपाल
२५ जेठ २०८३ १५:४२

काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड, २०८३’ को मस्यौदा स्वीकृत गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सोमबार मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ताका अनुसार, स्थानीय तहहरूको प्रशासनिक संरचनालाई थप व्यवस्थित, सुदृढ र जनशक्ति परिचालनलाई वैज्ञानिक बनाउने उद्देश्यका साथ उक्त मापदण्डको मस्यौदा स्वीकृत गरिएको हो।

यो मापदण्ड स्वीकृत भएसँगै प्रदेशका स्थानीय तहहरूमा सांगठनिक पुनर्संरचना, दरबन्दी सिर्जना र जनशक्ति व्यवस्थापनमा एकरूपता आउने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *