बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’

डिसी नेपाल
२६ जेठ २०८३ १५:५४

रामेछाप। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार जारी गरेको सूचनामा वर्षाका कारण राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी सवारी आवागमन रोकिएको जनाइएको छ।

प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशित गरी राजमार्ग पुनः सञ्चालनमा आएको जानकारी दिइनेछ।

सुरक्षाका लागि यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

गत वर्ष आएको बाढीले बगाएको बीपी राजमार्गको रोशी खण्डमा क्षति पुगेको छ। सो स्थानमा सडक निर्माण नहुँदा खोलाबाट नै सडक सञ्चालन गरिएको छ। खोलामा सानो बाढी आउने बित्तिकै सडक रोकिने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *