स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

डिसी नेपाल
२६ जेठ २०८३ १९:३४

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध तथा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

मन्त्री मेहताले भेटवार्ताका क्रममा सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै सोहीअनुरूप सहकार्यलाई प्राथमितकता दिनुपर्नेमा जोड दिएकी थिइन्।

सो अवसरमा कार्यवाहक अर्बमले अमेरिकी सरकारले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उक्त भेटघाटका क्रममा अमेरिकी सरकारबाट नेपालमा सहयोग हुँदै आएका एचआइभी/एड्सको नियन्त्रण तथा रोकथाम, स्वास्थ्य डिजिटलाइजेसन, टेलिमेडिसिन, ग्लोबल हेल्थ सेक्युरिटी तथा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणलगायत विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *