राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
काठमाडौं । सांस्कृतिक संस्थानको ५४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ।
सांस्कृतिक संस्थानले आज यहाँ प्रतियोगी तथा पत्रकार समक्ष विशेष भेटघाट कार्यक्रमको आयोजना गरी सोबारे जानकारी दिएको हो। उक्त प्रतियोगिता आउँदो असार ३, ४ र ५ गते सांस्कृतिक संस्थानको मेगाहल, जमलमा आयोजना गरिने संस्थानका महाप्रबन्धक किरणबाबू पुनले जानकारी दिए।
उनले भने, “सांस्कृतिक संस्थानको ५४औं वार्षिकोत्सवको अवसरमा हामीले पहिलो पटक राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आयोजना गर्दैछौँ। यो आफैँमा खुसीको कुरो हो।”
उक्त राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ मा २५ वटा समूहको सहभागिता रहने तथा असार ५ गते वार्षिकोत्सवका दिन पुरस्कार वितरणसहित सम्मान गरिने महाप्रबन्धक पुनले बताए। आज आयोजित कार्यक्रममा वरिष्ठ लोकदोहरी गायक बद्री पङ्गेनी, गायिका मन्जु पौडेललगायत सहभागिता रहेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment