चलचित्र निर्देशक कृष्ण चापागाईँको अमेरिकामा निधन
काठमाडाैं। नेपाली चलचित्र क्षेत्रका स्थापित लेखक, निर्माता तथा निर्देशक कृष्ण चापागाईँको निधन भएको छ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका चापागाईँको उपचारका क्रममा बुधबार निधन भएको हो। केही दिनअघि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो।
नेपाली चलचित्र जगतमा लामो समय सक्रिय रहेका चापागाईँले ‘इज्जतदार’, ‘निखिल दाइ’, ‘एक नजर’, ‘दिदीभाइ’ र ‘चट्टान’ लगायतका थुप्रै चर्चित चलचित्रहरूको लेखन तथा निर्देशन गरेका थिए।
उनको असामयिक निधनले नेपाली चलचित्र क्षेत्रले एक कुशल र अनुभवी सर्जक गुमाएको भन्दै कलाकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment