सुनको मूल्यमा भारी वृद्धि
काठमाडाैं। नेपाली बजारमा हप्ताको अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य एकैदिन तोलामा ५ हजार ३०० रुपैयाँले बढेर प्रति तोला २ लाख ९२ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको छ।
यसअघि बिहीबार बजारमा सुनको मूल्य प्रति तोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यसँगै आज चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रति तोलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रति तोला ४ हजार ६५० रुपैयाँ कायम रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको व्यवसायीहरूले बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment