आँखाको सुरक्षाका लागि पहिलो ‘भिजन केयर’ प्रविधिसहित शाओमी १७टी सार्वजनिक
काठमााडाैं। स्मार्टफोन ‘शाओमी १७टी’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
विशेषगरी आधुनिक प्रयोगकर्ताहरूको उच्च आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको यस उन्नत स्मार्टफोनमा उत्कृष्ट लेइका फाइभ एक्स क्यामेरा प्रणाली, आँखाको सुरक्षालाई प्राथमिकता दिने विशेष डिस्प्ले र उच्च क्षमताको ब्याट्री समावेश गरिएको छ।
शाओमीको अत्याधुनिक इमेजिङ प्रविधि र लेइका अप्टिक्सको उत्कृष्ट संयोजनका कारण यस फोनमा शक्तिशाली ट्रिपल क्यामेरा प्रणाली उपलब्ध छ, जसको मुख्य क्यामेरा ५० मेगापिक्सेलको रहेको छ र यसले अत्यन्तै स्पष्ट एवं उच्च गुणस्तरका तस्बिरहरू खिच्न मद्दत गर्दछ।
यो स्मार्टफोन लेइका फाइभ एक्स टेलिफोटो क्यामेरा र विशेष अप्टिकल डिजाइनका साथै उच्चस्तरीय लेन्स संरचनामा आधारित भएर निर्माण गरिएको छ। यसले अप्टिकल इमेज स्टेबिलाइजेसनसहित ५० मेगापिक्सेलका तस्बिरहरू सहजै खिच्न सक्छ।
फोनमा ३० सेन्टिमिटरको दूरीबाट गरिने म्याक्रो फोटोग्राफीदेखि १० गुणासम्मको अप्टिकल स्तरको जुम र १२० गुणासम्मको एआईमा आधारित जुम सुविधा रहेकाले प्रयोगकर्ताले नजिक तथा टाढाका दृश्यहरू सजिलै कैद गर्न सक्छन् ।
भिडियोग्राफीका सौखिनहरूका लागि यसमा फोरके ६० फ्रेम-प्रति-सेकेन्ड को सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा दिइएको छ, जसले प्राकृतिक पृष्ठभूमि धमिलो (बोके) पार्दै दृश्यानुभवलाई अझ जीवन्त र आकर्षक बनाउँछ।
यसका साथै परम्परागत स्थिर तस्बिरभन्दा अगाडि बढ्दै यसमा राखिएको ‘लाइभ मोमेन्ट’ र ‘लाइभ पोर्ट्रेट’ जस्ता सुविधाहरूले मानवीय भावना, गति र अभिव्यक्तिलाई गहिराइपूर्वक कैद गर्न सघाउँछन्।
यस स्मार्टफोनमा १/१.५५ इन्च आकारको ठूलो इमेज सेन्सर, लेइका अल्ट्रा पियोर अप्टिकल डिजाइन तथा १जी प्लस ६पी हाइब्रिड लेइकालगायत विशेष लेन्स संरचना प्रयोग गरिएको छ, जसले सुक्ष्म विवरणहरूलाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ र ठूलो एपरचरका कारण प्रकाशको उत्कृष्ट सन्तुलन कायम राख्छ। डिस्प्लेको कुरा गर्दा, शाओमी १७टी मा पहिलो पटक भिजन केयर प्रविधि समावेश गरिएको छ।
यसमा रहेको ३,५०० निट्ससम्मको अधिकतम चमक क्षमता भएको १५०० एमोलेड डिस्प्लेले वातावरणीय प्रकाश अनुसार स्वतः चमक समायोजन गर्दै निलो प्रकाश, फ्लिकर तथा मोजन ब्लरलाई नियन्त्रण गरी दिनभरि आरामदायक दृश्यानुभव प्रदान गर्दछ।
यो शाओमीको ‘फोर आईकेयर’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो स्मार्टफोन समेत बनेको छ। भिडियो, गेमिङ र मल्टिटास्किङलाई अझ सहज र प्रभावकारी बनाउन यस फोनमा ४ नानोमिटर प्रविधिमा आधारित शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ८५०० अल्ट्रा प्रोसेसर राखिएको छ, जसले प्रोसेसिङ, ग्राफिक्स र एआई क्षमतामा उल्लेखनीय सुधार ल्याउँछ।
ऊर्जाका लागि यसमा ६,५०० एमएएच क्षमताको विशाल ब्याट्री राखिएको छ, जुन अघिल्लो जेनेरेसनको तुलनामा १८ प्रतिशत बढी क्षमताको हो र यसलाई द्रुत गतिमा चार्ज गर्न ६७ वाटको फास्ट चार्जिङ प्रविधि उपलब्ध गराइएको छ।
नेपाली बजारमा यो स्मार्टफोन बैजनी, निलो र कालो गरी तीन आकर्षक रङहरूमा उपलब्ध गराइएको छ। १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यस फोनको मूल्य ९८,००० रुपैयाँ तोकिएको छ। यसका साथै कम्पनीले उपहारको रूपमा शाओमी १७टी खरिद गर्ने प्रत्येक ग्राहकलाई २,४९९ रुपैयाँ मूल्य पर्ने ‘रेडमी बड्स ६ प्ले’ पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ।







डिसी नेपाल







Facebook Comment