इलाममा जीप दुर्घटना : चालकसहित तीन जना घाइते
इलाम । इलामको देउमाई नगरपालिका-८, रत्नचौतारास्थित मंगलबारे–बिर्तामोड भित्री सडकखण्डमा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ८:३५ बजे मंगलबारेबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ३३३३ नम्बरको जीप आफैँ अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेहरूमा जीप चालक ३६ वर्षीय उत्तम खड्का, ६८ वर्षीया कोकिला दवाडी र ६० वर्षीय प्रेममणि आचार्य रहेका छन्। प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ। उनीहरूलाई थप उपचारका लागि झापाको बिर्ता सिटी अस्पताल पठाइएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment