फेसबुक खुल्न समस्या

डिसी नेपाल
२९ जेठ २०८३ २१:२२

काठमाडौं । नेपाललगायत विश्वका विभिन्न देशमा फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ। प्रयोगकर्ताले एप्स नखुल्ने, फिड रिफ्रेस नहुने तथा सामान्य रूपमा सेवा प्रयोग गर्न नसकिएको गुनासो पोखेका छन्।

नेपाली समयअनुसार करिब ७ बजेदेखि फेसबुकमा समस्या देखिएको थियो। प्रयोगकर्ताले अन्य सामाजिक सञ्जालमा फेसबुक र इन्स्टाग्राम चलाउन समस्या भएको उल्लेख गरेका छन्। यस विषयमा मेटाले केही बताएको छैन।

डाउनडीटेक्टरका अनुसार फेसबुकसँग सम्बन्धित मात्र एक लाखभन्दा बढी गुनासो दर्ता भएका छन्। इन्स्टाग्रामका सम्बन्धमा पनि लगातार नयाँ गुनासा आउने क्रम जारी रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *