काठमाडौंको तीनकुनेसहित देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला
काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित झाडीमा पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका-२ स्थित अछाम होटलमा बैतडी पाटन नगरपालिका-३ बोहरीगाउँ बस्ने ४० वर्षीय भुवन प्रसाद भट्ट शनिबार मृत अवस्थामा फेला परेका छन्।
बर्दियाको गुलरिया नगरपालिका-५ बालापुर बस्ने ३६ वर्षीय राज कुमार थारू सोही नगरपालिका-११ बाधापुरवास्थित भादा नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन्।
झापाको बिर्तामोड नगरपालिका-१ स्थित लिंकन कलेज पछाडिको बाँसघारीमा कनकाई नगरपालिका-३ बस्ने ३५ वर्षीय अशोक कँडेल शनिबार मृत अवस्थामा फेला परेका छन्।
चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदीमा काठमाडौं महानगरपालिका-६ सरस्वती नगर बस्ने ५९ वर्षीय वामदेव शर्मा अधिकारी शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment