एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ।
हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आवका लागि निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड बजेट विनियोजन गरेको छ।
ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख छुट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। त्यसैगरी, सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार बजेट छुट्याएको छ।
मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार बजेट विनियोजन गरेको छ। त्यसैगरी, विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनका लागि एक लाख ९० हजार बजेट छुट्याएको छ।
त्यसैगरी, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार बजेट विनियोजन गरेको छ। त्यस्तैगरी, दोलालघाट चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार विनियोजन गरेको छ। हात्तीसार बबई सुरुङमार्गका लागि सात लाख ५६ हजार छुट्याएको छ। खुर्काेट चियाबारी सुरुङमार्गको अध्ययनका लागि तीन लाख ९२ हजार विनियोजना गरेको छ।
त्यसैगरी, शिवपुर भालुवङ्ग सुरुङमार्गका लागि तीन लाख ९२ हजार रकम छुट्याएको छ। रानीघाट भुरीगाउँ सुरुङमार्गका लागि तीन लाख ९२ हजार बजेट छुट्याएको छ।







डिसी नेपाल







Facebook Comment