नासु घुससहित पक्राउ
काठमाडौं । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल घुस लिएको आरोपमा पक्राउ परेका छन्।
जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कण्डेलले सेवाग्राहीबाट घुसस्वरूप ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ परेका हुन्। उनको साथबाट घुसको रकम ४० हजार रुपैयाँसहित स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ पनि बरामद गरिएको आयोगले जनाएको छ।
कण्डेललाई शनिबार नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment