प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

डिसी नेपाल
३० जेठ २०८३ २२:०९

कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पिपिराका २१ वर्षीय साबिर बक्सको आज बिहान ४ः३० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए।

बोहराका अनुसार हिरासतमा अचेत अवस्थामा भेटिएका बक्सलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले बक्सलाई मृत घोषणा गरेका थिए। प्रहरीले गत बुधबार चोरी मुद्दामा बक्सलाई पक्राउ गरको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *