कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ विमोचन
काठमाडौं। सिर्जु शाहको उपन्यायस ‘बैकिनी’ आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ।
दैलेखकी शाहको यो पहिलो उपन्यास हो। शाहले समग्र कर्णालीमा महिलाका कथालाई उपन्यायसमार्फत एक विद्रोह गरेकी छिन्।
साहित्यकारहरू कृष्ण धरावासी, उमा सुवेदी, प्रेम कैदी, टीकाराम यात्रीलगायतले सामूहिक रूपमा उपन्यास विमोचन गरे।
उपन्यास अक्षर आँगन प्रकाशन गृहले प्रकाशित गरेको हो। पर्यटन बोर्डको हलमा आया्जित विमोचन कार्यक्रमपछि उक्त उपन्यासमाथि विमर्श पनि गरिएको थियो।
पत्रकार टीकाराम यात्रीको सहजीकरणमा साहित्यकार कृष्ण धरावासी र समालोचक उमा सुवेदीसँगै उपन्यासकी लेखक शाहबीच उपन्यासका विभिन्न आयमबारे विमर्श भयो।
उपन्यासको भूमिकासमेत लेखेका साहित्यकार धरावासीले आफूले यो तहको महिलाको पीडाबारे कल्पनासमेत नगरेको उल्लेख गरे। उनले शाहको पहिलो कृति भए पनि लेखन, भाषा र कथानकका दृष्टिले उपन्यास राम्रो रहेको बताए। उनले सबैले सुनेको कर्णालीभन्दा यो उपन्यासले कर्णालीलाई एक फरक पहिचान दिनसक्ने बताए।
समालोचक उमा सुवेदीले स्वरैकल्पनामा लेखिएको यो उपन्यासमा यर्थाततालाई पनि सन्तुलनमा राखिएको बताइन्। उनले महिलाकेन्द्रित यो उपन्यासले महिलाका संघर्षबारे नयाँ आयाम देखाएको बताइने। उनले खास गरी यो उपन्यास राज्यका नीति निर्माण तहका बसेका व्यक्तिले पढ्नुपर्नेसमेत उल्लेख गरिन्।
लेखक शाहले आफूले जागिरे जीवनमा भेट भएका महिलाहरूको अवस्था देखेर यो उपन्यास लेख्ने सोँच बनाएको उल्लेख गरिन्। उनले आफूले उपन्यासका माध्यमबाट अहिले पनि महिलाले कस्तो संघर्ष गर्नुपरेको छ भन्ने देखाउन खोजेको बताइन्।
बैकिनी कर्णालीको आञ्चलिक शब्द हो। जसको अर्थ तरुनी भन्ने हुन्छ। यो उपन्यास विभिन्न संघर्षमा उत्रिएका महिला पात्रकेन्द्रित छ।







डिसी नेपाल







Facebook Comment