राप्ती गाउँपालिकालाई प्रसुती सेवायुक्त पालिका घोषणा
तुलसीपुर (दाङ)। दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा भएको छ। संस्थागत प्रसुतिसम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि आइतबार पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरिएको हो।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले पालिकालाई प्रसुती सेवायुक्त पालिका घोषणा गरेका हुन्। त्यस अवसरमा उनले प्रसुती सेवालाई गुणस्तरयुक्त बनाउनुपर्नेमा जोड दिए।
निर्धारित प्रोटोकलअनुसार चार पटक गर्भवती जाँच गराउने दर ९९ दशमलव ६ प्रतिशत, तीन पटक उत्तरप्रसूति जाँच गराउने दर ९९ दशमलव ३ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा लिने दर शतप्रतिशत तथा घरमा हुने प्रसुति शून्य रहेपछि प्रसुती सेवायुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताए।
राप्ती गाउँपालिकाले विगतका वर्षदेखि क्रमशः विभिन्न वडालाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्दै आएको थियो। सबै वडाको पूरा भएपछि पालिकालाई नै घोषणा गरिएको हो ।







डिसी नेपाल







Facebook Comment