सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: झापाका रणधीर गुप्ताले जिते ‘सेट अफ ५ प्रोडक्ट्स’

डिसी नेपाल
१ असार २०८३ १०:३०

काठमाडौं। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो साना घरायसी उपकरण श्रेणी अन्तर्गत सञ्चालन गरेको “Experience Life with CG: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” विशेष उपहार योजनाको विजेता घोषणा गरेको छ।

यस अभियान अन्तर्गत प्रदान गरिने आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ को भाग्यशाली विजेता झापाको भद्रपुर निवासी रणधीर गुप्ता बनेका छन्। उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजी ब्रान्डको साना घरायसी उपकरण ‘सिजी इग्नाइट टुबीएस’खरिद गरेका थिए र त्यहाँ उपलब्ध क्यूआर कोड स्क्यान गरेर यस योजनामा आफ्नो सहभागिता जनाएका थिए।

हालै आयोजित एक विशेष कार्यक्रमका बीच सिजी कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता रणधीर गुप्तालाई उक्त आकर्षक उपहारहरू हस्तान्तरण गरेका छन्।

उपहार प्राप्त गरेपश्चात् आफ्नो प्रतिक्रिया दिँदै विजेता गुप्ताले आफू अत्यन्तै खुसी र हर्षित रहेको बताए। साथै, यो जितले सिजी ब्रान्डप्रतिको आफ्नो विश्वास र भरोसालाई अझ बढी मजबुत बनाएको उनले उल्लेख गरे।

नेपाली बजारमा ग्राहकको रोजाइमा पर्दै आएका सिजीका उत्कृष्ट साना घरायसी उपकरणहरू ग्राहकहरूले देशभर रहेका २८ वटा आधुनिक शोरुमहरू जस्तै ‘सिजी डिजिटल’ र ‘एलजी ब्रान्ड शप’ बाट सजिलै खरिद गर्न सक्नेछन्।

यसका साथै कम्पनीका आधिकारिक वेबसाइटहरू तथा नेपालभर रहेका सिजी ब्रान्डका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट पनि यी सामानहरू खरिद गर्न सकिने सुविधा रहेको छ।

विगत ४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी र स्थापित भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले ग्राहकको सहजताका लागि देशभर ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा समेत सुनिश्चित गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *