पूर्वगृहमन्त्री थापाको निधन

डिसी नेपाल
१ असार २०८३ १९:२४

काठमाडौं । पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। उनको शुक्रबार ललितपुरमा निधन भएको दिवङ्गत थापाको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ।

उनले लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। प्रशासनिक सेवामा रहँदा उनले विभिन्न अञ्चलमा अञ्चलाधीशका रूपमा सेवा गर्नुभएको थियो । त्यसपछि उनी गृहसचिव पनि भएका थिए। दिवङ्गत थापाका दुई छोरा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *