अमेरिकामाथि इरानको अविश्वास कायमै, युद्धविरामको नयाँ प्रस्ताव तनाव कम गर्ने कदम मात्र भएको दाबी
तेहरान। युद्ध अन्त्य गर्ने उद्देश्यका साथ महत्त्वपूर्ण सहमति जुटे पनि संयुक्त राज्य अमेरिकाप्रति आफ्नो गहिरो अविश्वास अझै कायमै रहेको इरानले स्पष्ट पारेको छ।
इरानी विदेश मन्त्रालयले सोमबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी नेताहरूको लामो इतिहासदेखिको गलत नीति र व्यवहारका कारण यो अविश्वास पैदा भएको बताए।
दुर्भाग्यवस अमेरिकी शासकहरूको विगतका गतिविधिका कारण इरानी जनतामा अमेरिकाप्रति संशय बढेकाले वासिङ्टनले तेहरानको विश्वास जित्न अझै निकै लामो र चुनौतीपूर्ण यात्रा तय गर्न बाँकी रहेको उनको भनाइ थियो।
फेब्रुअरीको अन्त्यतिर सुरु भएको युद्ध रोक्ने पहलका लागि हालै तयार पारिएको नयाँ प्रस्तावको ढाँचा अन्तिम समाधान नभएको इरानले उल्लेख गरेको छ। प्रवक्ता बघाईका अनुसार यो सहमति केवल क्षेत्रमा जारी तनावलाई कम गर्ने र युद्ध अन्त्यको दिशामा चालिएको एउटा प्रारम्भिक कदम मात्र हो।
युद्धविराम र शान्ति स्थापनाका लागि सहमति भए तापनि विगतका ऐतिहासिक पृष्ठभूमि र अमेरिकी रणनीतिका कारण इरानले यस सम्झौतालाई पूर्ण भरोसाका साथ नहेरेको भन्दै आगामी दिनमा अमेरिकाको व्यवहार कसरी अगाडि बढ्छ भन्ने कुराले नै आपसी सम्बन्धको भविष्य तय गर्ने तेहरानको संकेत छ।







डिसी नेपाल







Facebook Comment